ताजा समाचार

कर्मचारीहरु मत गणनास्थलमै सुते, मुख्य निर्वाचन अधिकृत भन्छन्ः गणना गराउन सक्दिनँ


काठमाडौं, ७ असोज । यतिबेला २ नम्कर प्रदेशका स्थानीय तह निर्वाचनको मतगणना चलिहरको छ । असोज २ गते सम्पन तेस्रो चरण निर्वाचनको पूर्ण नजिता आउँन अझे केही दिन लाग्ने देखिनछ । अहिले सम्म एक सय भन्दा बढी स्थानीय तहको नजिता आईसकेको छ । बाँकी अधिंकाश स्थानीय तहको गणना चलिरहेको छ । कर्मचारीहरु अहोरात्र खटिएका छन् ।

सप्तरीको राजविराज नगरपालिकाको उम्मेदवार, उनका प्रतिनिधि एवं नगरबासी पनि परीणामको पर्खाइमा छन् । तर, गणनामा खटिएका कर्मचारीहरु भने गणनास्थलमै सुतेका छन् । लामो समयसम्म मतगणना गरिरहनुपर्दा केही गणकहरु मतगणनास्थलमै सुतेका हुन् ।

५ असोजको रातिदेखि नै राजविराज नगरपालिकाको गणना प्रारम्भ भएपनि ६ असोजको साँझदेखि रोकिएको छ । ६ असोज साँझदेखि एक्कासी गणना रोकिएपछि दलका प्रतिनिधि रातभर जाग्राम बसे भने कर्मचारीहरु गणनास्थलमै सिरानी राखेर सुते ।

वडा नम्बर १ बाट शुरु भएको गणना आधा नगन्दै रोकिएको छ । मुख्य निर्वाचन अधिकृतले शारदा कोइरालाले आफूले गणना गराउन नसक्ने बताएका छन् । ‘यहाँको गणना म गराउन सक्दिनँ’ उनले भने, ‘यो कुरा आयोगलाई पनि जानकारी गराइसकेको छु ।’ राजनीतिक दलका प्रतिनिधिहरुले भने गणना सुरु गर्न माग गरेका छन् । दलका नेताहरुले कर्मचारीहरुकै कारण गणना स्थगित भएको बताएका छन् ।

राजविराज नगरपालिका १५ का राजपा उम्मेदबारको निधन भएपछि यस वडामा ५ गते निर्वाचन भएर सोही रातिदेखि गणना शुरु भएको हो । गणना लामो समयदेखि स्थगित गरिएपछि गणना गर्न दशैंको टिकाको दिनसम्म कुर्नुपर्ने स्थिति देखिएको छ । यस्तै अन्य केही जिल्लामा समेत यस्तै भईरहेको छ । गणकहरु मतगणनास्थलमै सुत्ने् गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org