आज बडादशैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, ११ असोज । बडादसैँको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै छ । फूलपातीका दिन घर, कोतघर, तथा दसैँ घरहरुमा उखु, अदुवा, धान, दारिम, केराको बोट, पैयुं जयन्ती फूल लगायतलाई फूलपातीका रुपमा भित्र्याउने गरिन्छ । घटस्थापनाकै दिनदेखि नवरात्र शुरु भएपनि आजदेखि दसमीसम्मका ४ दिन दसैँको विशेष चहलपहल हुन्छ । काठमाडौको हनुमानढोकामा गोरखाबाट धादिङको जीवनपुर हुँदै ल्याइने फुलपाती बसन्तपुरमा रहेको दसैँ घरमा भित्र्याइन्छ ।
गोरखाबाट जीवनपुरसम्म गोर्खाका ६ जना पुजारीको टोलीले त्यहाँबाट काठमाडौको जमलसम्म काठमाडौबाट गएको टोलीले लिएर आउँछ । फूलपातीलाई जमलदेखि बसन्तपुरसम्म नाचगान र झाँकी सहितको टोलीले दसैँघरमा भित्र्याउने परम्परा छ । यसका लागि तीनजना मगर र दुई–दुई जना नेवार र ब्राह्मणको टोली खटाउने गरिन्छ । यस्तै नुवाकोट दरबारबाट ल्याई हुनमानढोका दरबार क्षेत्रको कडेल्चोक भगवती समक्ष फूलपाती राख्ने गरिन्छ ।
नुवाकोटको धोबीचौरबाट ल्याइने फूलपाती लिन नेपाली सेनाको टुकडी धोवीचौरमा तैनाथ रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले आज काठमाडौंको टुंडिखेलमा फूलपाती बढाइ गर्दैैछ । यस अवसरमा सेनाका टुकडीले विभिन्न कवाज र युद्धकला प्रदर्शनी गर्छन् । फुलपाती बढाइ अवलोकन गर्न राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारी टुंडिखेल पुग्ने प्रचलन छ ।
Comments
अरु समाचार
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...