ताजा समाचार

बारामा कांग्रेस पहिलो दल बन्यो, माओवादी केन्द्रले आफ्नो इज्जत पनि जोगाउन सकेन्

बारा, ११ असोज । बाराको मतगणना सम्पन्न भएको छ । १६ वटा स्थानीय तह रहेको बारमा काँग्रेस पहिलो शक्ति बनेको छ । असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको सम्पन्न मतपरिणाम अनुसार नेपाली कांग्रेस ६ वटा स्थानीय तहमा विजयी भई बारामा पहिलो दल बनेको हो ।

नेपाली कांग्रेसले कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकामा जित हासिल गरेको छ ।

त्यस्तै संघीय समाजवादी फोरम नेपाल ४ वटा स्थानीय तहमा जित हासिल गरी दोस्रो ठूलो दल बनेको छ । फोरमले पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका र फेटा गाउँपालिकामा बिजयी भएको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) ले देवताल गाउँपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिकामा जित हासिल गरी तेस्रो ठूलो दल बन्न सफल भएको छ ।

त्यसैगरी नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका र कोल्हवी नगरपालिकामा जित हासिल गरी चौथो दल बनेको छ ।
नेपाल लोकतान्त्रिक फोरमले बिश्रामपुर गाउँपालिकामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले भने बाराको एउटा पनि स्थानीय तहमा जित हासिल गर्न सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org