ताजा समाचार

वीरगञ्ज महानगरको मेयरमा संघीय फोरमका विजय सरावगी निर्वाचित

वीरगञ्ज, ११ असोज । वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरममा विजय सरावगी विजयी भएका छन् । उपमेयरमा भने नेपाली काँग्रेककी शान्ति कार्की विजयी भएकी छन् । प्रदेश २ को एकमात्र महानगर वीरगञ्जमा विजय कुमार नेपाली काँग्रेसका उम्मेदवार अजय द्विवेदीलाई १५०० बढी मत अन्तरले हराउँदै विजयी भएका हुन् ।

वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए । वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org