ताजा समाचार

सीमा मिच्न खोज्ने भारतीय पक्षलाई रोक्न खोज्दा तिलाठीका देवनारायण एसएसबीको नियन्त्रणमा

सप्तरी, १५ असोज । पछिल्लो समय भारतले सीमा मिच्ने क्रम बढाएको छ । बेला बेला सीमा क्षेत्रमा हस्तक्षेप गर्दै आईरहेको भारतले फेरी त्यस्तै घटना दोहोर्याएको छ । सप्तरीको तिलाठीमा सीमा मिच्न खोज्ने भारतीय पक्षलाई रोक्न खोज्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले एक नेपालीलाई पक्राउ गरेको छ । तिलाठीका देवनारायणलाई एसएसबीले पक्राउ गरेको हो ।

यादव गएको वर्ष नेपाल–भारत सीमामा पर्ने तिलाठीमा भारतीय पक्षले सीमा मिच्न खोज्दा रोक्न गएका थिए । त्यसबेला भारतीय पक्षसँग भएको झडपमा घाइते समेत भएका यादवलाई आइतबार भारतीय बजार कुनौली गएका बेला त्यहाँको प्रहरीले पक्राउ गरेको यादवको परिवारले जनाएको छ ।

देवनारायणलाई रिहा गराउन पहल भईरहेको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माको पहलमा रिहाईको लागि भारतीय अधिकारीसँग कुराकानी भईरहेको जनाईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org