ताजा समाचार

नेपालगंजमा बस र ट्रक ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु, २३ जना घाइते

नेपालगंज, १६ असोज । नेपालगञ्जमा बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । बाँकेको नेपालगंज – खजुरा सडकखण्डमा बस र ट्रक ठोक्किँदा भारत रुपइडियाका ६० बर्षिय राममनरत शर्माको ज्यान गएको हो । आइतबारराति भएको दुर्घटनामा २३ जना घाइते भएका छन् ।

नेपालगंजबाट बर्दियाका लागि छुटेको ना ४ ख १०९४ नम्बरको बस र बर्दियाबाट नेपालगंजका लागि छुटेको ना २ ख ९३६० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते २३ जना मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको नेपालगंजस्थित अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org