ताजा समाचार

बर्दियाको गुलरियामा झडप हुँदा ५ जना घाइते, स्थानीय प्रशासनद्धारा अनिश्चितकालिन कर्फ्यू

बर्दिया, १६ असोज । बर्दियाको सदरमुकाम गुलरियामा दुई पक्षबीच झडप हुँदा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । हिजो राती गुलरिया नगरपालिका ११ लालपुरमा ताजिया बिसर्जन गर्ने र मुर्ती विजर्सन गर्ने समुहविच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा ५ जना घाइते भएका थिए । दुवै पक्षबीच तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यतिले पनि स्थिति सामान्य नभएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको  थियो ।

आजपनि झडप हुनसक्ने देखिएपछि सदरमुकाम गुलरियाको लालपुर आसपासको क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि कर्फ्यू लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले जानकारी दिए । बेलुकीको झडप साम्य पार्न प्रहरीले १ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको थियो । दुई पक्षबीच आज पनि झडप हुनसक्ने स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org