ताजा समाचार

सांसद अभिषेक प्रताप साहद्वारा पार्टी परित्यागको घोषणा, अब काँग्रेसमा जाँदै

कपिलवस्तु, १७ असोज । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेक प्रताप साहले पार्टी परित्यागको घोषणा गरेका छन् । कपिलवस्तु क्षेत्र नम्बर ५ का सांसद समेत रहेका अभिषेकले आफ्नो पदबाट मंगलबार राजीनामा दिएका हुन् ।

नेपाल प्रेस यूनियनले तौलिहवामा गरेको पत्रकार सम्मेलनमा फोरम नेता साहले मधेस र मधेसी नागरिकको हितमा पार्टी नेतृत्वले काम गर्न नसकेको र सधैँ सत्ताको लोभमै अल्झिएको भन्दै बाध्य भई पार्टी छोड्नु परेको बताए ।

पार्टी नेतृत्वले मधेसलाई २ नम्बर प्रदेशमा मात्रै सीमित गरेको, पार्टीबाट समानुपातिक सांसद बनाउँदा ठूलो रकम लिने गरेको, मधेस आन्दोलनबाट पार्टी नेतृत्वमा रहेका मधेसी नेताले अकुत सम्पत्ति कमाएको आरोप समेत लगाए । नेता साह चाडै नै नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको निकट स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org