ताजा समाचार

माओवादीसँगै बाबुरामको नयाँ शक्ति पनि एमालेकै लाईनमा मिसियो

काठमाडौं, १७ असोज । चुनावी तालमेलसँगै पार्टी एकता गर्ने नेकपा एमाले र माओवादी केन्द्रको सहमतिमा नयाँ शक्ति पनि मिसिएको छ । यसअघि माओवादी केन्द्र र एमालेबीच मात्रै सहमति हुने बताईएको थियो । अब साँझ ५ बजेको संयुक्त घोषणासभा एमाले, माओवादी र नयाँ शक्तिको हुनेछ ।

मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । लगतै एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका छन् । र, यो सम्वादमा चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा नयाँ शक्ति पनि सहभागी हुने सहमति भएको हो । अहिले सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा तीन दलका नेताहरुको सम्वाद भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org