ताजा समाचार

ढल्केबर सबस्टेसनबाट चिनियाँ कम्पनीसँगको ठेक्का तोडियो, ३० करोड धरौटी जफत

काठमाडौं, १७ असोज । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर सबस्टेसनबाट चिनियाँ कम्पनीलाई आउट गरेको छ । विद्युत प्राधिकरणले धनुषाको ढल्केबरमा निर्माणाधीन २ सय २० केभीको सबस्टेसनको ठेकेदार चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) सँग सम्झौता तोडेको हो । कामको गति बढाउन अटेरी गरेको भन्दै प्राधिकरणले कम्पनीसँगको ठेक्का तोडेको हो ।

पटक(पटक काममा तीव्रता दिन आग्रह गरेपनि चिनियाँ कम्पनीले काम अघि बढाउन कुनै चासो नदिएपछि ठेक्का तोडिएको ढल्केबर सबस्टेसन निर्माण आयोजनाका प्रमुख राधेशरण महतोले जानकारी दिए । ठेक्का तोडिएसँगै कम्पनीको करिब ३० करोड रुपैयाँ बराबरको धरौटी समेत जफत गरिएको महतोले जानकारी दिए । यस कम्पनिले विभिन्न बखेडा झिक्दै काम गर्न अटेर गरिरहेको थियो ।

सीसीपीजीले ढल्केबरबाहेक अन्य दुई स्थानका सबस्टेसन निर्माणको कामबाट हात झिक्न खोजेको थियो । उसले अन्य सबस्टेसन आयोजनामा पनि अहिले नै आफैंसँग सम्झौता गर्नुपर्ने सर्त अघि सारेको थियो । त्यस्तै ढल्केबर सबस्टेशनमा नयाँ रेट कायम गर्न पनि उसले प्राधिकरणलाई दबाव दिएको थियो । आफ्ना सर्त माने मात्रै काम अघि बढाउने चिनियाँ कम्पनीले अडान राखेपछि ठेक्का तोडिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org