ताजा समाचार

एमालेसँग विलय हुने प्रचण्डको निर्णयपछि पार्टी पुर्नगठन गर्ने गोपाल किराँतीको चेतावनी

काठमाडौं, १८ असोज । एमालेसँग विलय हुने प्रचण्डको निर्णयप्रति नेकपा माओवादीभित्र असन्तुष्टिका स्वरहरु बाहिरिन थालेका छन् । पार्टी एकता गरेर एमालेमा विलय हुने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयप्रति माओवादी केन्द्र सचिवालय सदस्य गोपाल किराँतीले चर्को विरोध गरेका छन् ।

एमालेसँग माओवादीले प्रदेश र प्रतिनिधिसभाको चुनावमा चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने सहमति गरेकोप्रति चर्को आक्रोश व्यक्त गर्दै भोजपुर पुगेका किराँतीले भोजपुरबाटै माओवादी केन्द्र पुर्नगठनको चेतावनी दिएका हुन् ।

आम्चोक गाउँपालिका, भोजपुरमा रहेका नेता किराँतीले माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारीका नाममा सामाजिक सञ्जाल फेसबुक मार्फत् यस्तो आह्वान गरेका हुन् । किराँतको पाँच बुँदे आह्वान जस्ताको तस्तै:

१. मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।

२. पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।

३. सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।

४. भेला आयोजक समिति गठन अघि एक पटक श्री प्र्रचण्डसँग वार्ता गरिनेछ ।

५. चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org