ताजा समाचार

सिद्धार्थ राजमार्गमा फेरि ठूलो पहिरो, बुधबार बेलुकी देखि राजमार्गमा सवारीसाधन ठप्प

पाल्पा, १९ असोज । सिद्धार्थ राजमार्गमा पुनः ठूलो पहिरो खसेपछि सवारीसाधन सञ्चालन अवरुद्ध भएको छ । पहिरो खस्ने डरले बुधबार बेलुका ८ बजेदेखि सवारीसाधन बन्द गरिएकोमा पुनः ठूलो पहिरो खसेको हो । राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभान र सिद्धबाबाको बिचमा ठूलो ढुंगा सहित आज बिहान ३ बजेतिर पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ ।

दोभान प्रहरी चौकीदेखि ५ मिटर अगाडि राजमार्ग बन्द हुनेगरी ठूलो पहिरो खसेको छ । पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन सुरु गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए ।

सडकमा ठूला ठूला ढुंगासहितको पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवल, भैरहवातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन् । एक सातादेखि नियमति यातायात सञ्चालन नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org