ताजा समाचार

राजीनामा स्वीकृत नहुँदै डीआइजी नवराज सिलवाल एमाले प्रवेश गर्दै

काठमाडौं, १९ असोज । राजीनामा स्वीकृत नहुँदै डीआइजी नवराज सिलवाल एमालेमा प्रवेश गर्ने भएका छन् । सर्बोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल एमालेमा प्रवेश गर्ने भएका हुन् ।

सिलवाल शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट एमाले प्रवेश गर्न लागेका हुन् । सिलवाल एमाले प्रवेश गर्न लागेको एमाले काठमाडौंका अध्यक्ष कृष्ण राईले पुष्टि गरेका छन् । तर, उनको राजीनामा अझै स्वीकृत भएको छैन । प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले भने, ‘सिलवालको राजीनामा स्वीकृत भएको पत्र हेडक्वाटरमा आएको छैन ।’

आईजीपी बनाउन माग राख्दै हालेको मुद्दा हालेपछि सिलवालले डीआईजीबाट राजीनामा दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर सिलवाल एमाले प्रवेश गर्न लागेका हुन् ।

यसअघि बिहीबार विहान कोजाग्रत पूणिर्माको अवसर पारेर सिलवाल अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । उनले त्यहाँ ओलीको बिजयादशमीको टीका ग्रहण गरेका थिए । सिलवालमाथि प्रहरी प्रमुख नबनाएपछि एमाले अध्यक्ष ओलीले अन्याय भएको भन्दै बचाउ गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org