ताजा समाचार

११ न्यायाधीशविरुद्धको नियुक्तिको विवादले सर्वोच्चको इजलास प्रभावित

काठमाडौं, २३ असोज । सर्वोच्च अदालतका ११ जना स्थायी न्यायाधीशको नियुक्तिको विवाद बल्झिएपछि इलजास प्रभावित भएको छ । १५ महिनाअघि नियुक्त न्यायाधीशहरुको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै शुक्रबार फेरि रिट परेका छ ।

नियुक्तिमाथि प्रश्न उठाउँदै परेको रिट सर्वोच्च प्रशासनले खारेज गरेपछि त्यसविरुद्ध अर्को रिट परेको छ । आफूहरुको नियुक्तिविरुद्धको रिट ब्युँतने अवस्था आएपछि आइतबार सर्वोच्चका न्यायाधीशहरुले दुई घन्टा ढिला इजलास सुरु गरेका थिए । न्यायाधीश नियुक्तिको प्रक्रियामाथि प्रश्न उठाउँदै परेको रिट २ असोजमा दरपीठ भएको थियो, नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org