ताजा समाचार

अन्ततः डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत

काठमाडौं, २३ असोज । डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ । सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा गृह मन्त्रालयले स्वीकृत गर्न आनाकानी गर्दै आएको थियो । आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए । तर, लामो समयसम्म स्वीकृत भएन ।

राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए । गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेका हुन् । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव नरेन्द्र रानाले पनि सिलवालको राजीनामा स्वीकृत भएको पुष्टि गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org