ताजा समाचार

बन्दै गरेको घर धितो राखेर भूकम्प पीडितले ३ लाख निर्ब्याजी ऋण पाउने

काठमाडौं, २३ असोज । भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निर्ब्याजी ऋण पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरेको हो । अब धितो जमानीबाट निब्र्याजी ऋण उपलब्ध गराइने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएको थियो । तर, बैंकहरुले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्यविधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।

सरकारको यो निर्णयसँगै भूकम्प पीडितहरुले बन्दै गरेको घर नै जमानीमा राखेर ३ लाख निर्ब्याजी ऋण लिन सक्नेछन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको दरबन्दी, संगठन संरचना पनि स्वीकृत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org