ताजा समाचार

कमल थापालाई गृहमन्त्रालय दिने भएपछि राप्रपाले देउवा सरकारलाई समर्थन गर्ने

काठमाडौं, २३ असोज । राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । राप्रपा कार्यसम्पादन समितिको बैठकले चुनाव सुनिश्चित गर्न सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । साथै चुनावमा कांग्रेससहितका दलसँग तालमेल गर्ने निर्णय गरेको छ ।

विपक्षी दलसँग गरेको चुनावी सहकार्य र एकता गर्ने माओवादी केन्द्रको निर्णयले सरकार अल्पमतमा पर्ने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नै धरापमा पर्न सक्ने राप्रपाको ठहर छ । राप्रपाको संसदमा १९ सांसद रहेका छन् । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर चुनावी गठबन्धन बनाएपछि बिच्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुर्नगठनको तयारी गरेका छन् ।

उनले माओवादी मन्त्रीलाई सरकारबाट हटाएर राप्रपा, संघीय समाजवादी फोरमलगायतका दललाई सरकारमा सहभागि गराउने तयारी गरेको स्रोतको भनाई छ । यसो गर्दा माओवादी बाहेक पनि आफ्नो पक्षमा बहुमत रहिरहने देउवाको बुझाई छ ।

देउवाले सोहि योजनामा राप्रपा अध्यक्ष कमल थापासँग पटक पटक छलफल गरेको र उनलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने आश्वासन दिएपछि राप्रपाले सरकारमा जाने निर्णय गरेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org