ताजा समाचार

रविन्द्र मिश्र काठमाडौंमा प्रकाशमानविरुद्ध र उज्जवल थापा ईश्वर पोखरेलविरुद्ध चुनाव लड्ने

काठमाडौं, २३ असोज । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र काठमाडौं १ बाट उम्मेदवार बन्ने भएका छन् । विवेकशील साझा पार्टीले आसन्न प्रतिनिधिसभा चुनावमा काठमाडौंका १० मध्ये ५ क्षेत्रमा उम्मेदवारी दिने भएको हो । काठमाडौं १ बाट उम्मेदवार मिश्र काँग्रेस नेता प्रकाशमान सिंहका विरुद्ध चुनाव लड्ने भएका छन् । त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने छन् । थापाले एमाले महासचिव ईश्वर पोखरेलको सामना गर्नेछन् ।

यसअघि काठमाडौं ५ बाट जित्दै आएका कांग्रेस नेता नरहरी आचार्य भने यसपटक सो क्षेत्रबाट उम्मेदवार नबन्ने भएका छन् । काठमाडौंसमेत अन्य उम्मेदवारसमेत तोकेर सोमबार नै उम्मेदवारी घोषणा गरिने विवेकशील साझा पार्टीले जनाएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेर दोस्रो र तेस्रो स्थान पाएका रञ्जु दर्शना र किशोर थापा भने प्रतिनिधिसभा सदस्य उम्मेदवार नबन्ने भएका छन् । थापा प्रदेशसभाको उम्मेदवार बन्ने सम्भावना छ । २५ वर्ष पनि नपुगेकी रञ्जु दर्शना भने उमेरका कारण प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवार बन्न पाउने छैनन् । कानुन अनुसार सांसदको उम्मेदवार हुन २५ वर्ष पुगेको हुनुपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org