ताजा समाचार

चलचित्रमा गाउँले पारामा देखिएकी अदिती इन्स्ट्राग्राममा हट विकिनीमा

काठमाडौं । मोडल तथा नवनायिका अदिती वुढाथोकीले आफ्नो इन्स्ट्राग्राममा हट विकिनी तस्बिर पोष्ट गरेकी छन् । जसले गर्दा गर्दा उनको चर्चा निकै चुलिएको छ । अनमोलसँग चलचित्रमा काम गरेपछि झनै चर्चामा आएकी यी सुन्दरीले आफ्नो इन्स्ट्राग्राममा राखेको दुइ तस्बिर अहिले चर्चामा छ । सेतो विकिनीमा अदिती निकै हट देखिएकी छिन् ।

यस्तै, अर्को एक तस्बिरमा उनले आफू नेपालमा रहेको जानकारी दिएकी छिन् । अदिती, प्राय मुम्बइ बस्ने गर्छिन् । चलचित्र ‘कृ’मा गाउँले यूवतीको भूमिकामा देखिएकी अदिती इन्स्ट्राग्राममा भने निकै हट देखिएकी छिन् । अदितीको विकिनी तस्बिर हेरेका दर्शक उनलाइ ‘कृ’ मा हेर्दा पक्कै झुक्किनेछन् ।

केही भारतीय म्यूजिक भिडियोमा मोडलिङ गरेकी अदितीलाइ सामाजिक संजालबाट नै निर्देशक सुरेन्द्र पौडेलले मन पराएका हुन् । सुरेन्द्रको नजरमा परेपछि अदितीले नायक अनमोल केसीसँग चलचित्र ‘कृ’मा अभिनय गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org