ताजा समाचार

प्रहरीद्धारा तेश्रो लिङ्गीमाथी नाङ्गै बनाएर कुटपिट तथा मुखमा कण्डम कोच्याए

इटहरी, २४ असोज । सुनसरीमा तेस्रो लिंगीमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । सुनसरीको इटहरीस्थित तेश्रो लिङगीहरूले बिना कुनै कसुर आफुहरूलाई प्रहरीले पक्राउ गरी हदै सम्मको दुर्ब्यवहार गरेको आरोप लगाएका हुन् । इटहरीमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका तिन जना तेश्रो लिङगीहरूले प्रहरीबाट आफुहरू असुरक्षित भएको बताएका हुन् ।

इटहरीस्थित जनता उच्च मावीको खेल मैदानमा सञ्चालन हुँदैआएको रमाइलो मेला हेरी घर फर्कदै गर्दा प्रहरीले अनुशन्धान गर्नुछ भन्दै पक्राउ गरी कार्यालयमा लगेको र हदै सम्मको दुर्ब्यवहार गरेको पिडितहरूले बताएका छन् । प्रहरी सुत्ने कोठामा लगेर नाङ्गै बनाइ जबरजस्ती कण्डम मुखमा कोच्याएको पिडितहरुको आरोप छ ।

रमाईलो मेलाका नाममा जुवाजन्य मेला लगाएर समाजभित्र विकृति फैलाउने जस्तो कार्य गर्ने स्वीकृति दिएको र मेला हेरेर फर्कदै गरेका तेस्रो लिङ्गीलाई नियन्त्रणमा लिई अमानवीय दुब्र्यवहार गर्नेमाथि कार्वाहीको माँग गर्दै लिखित जाहेरी समेत दिएको ब्लू डाईमण्ड सोसाईटीका बिनोद वाग्लेले जानकारी दिए ।

प्रहरीको पिटाईबाट मोनिका परियारको देब्रे खुट्टामा निलडाम भएको भने अर्का अभय लिम्वुको हात सुन्निएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको छ । घट्नामा आफ्नो सहकर्मीहरू माथी भएको ज्यादतीप्रति आक्रोेस पोख्दै ब्लूडाईमण्ड सोसाईटी इटहरीका प्रमुख रवि श्रेष्ठले प्रहरीले देखाएको अमानवीय र क्रुरताको ज्यादती क्षमा योग्य नरहेको र दोषीलाई तत्काल कडा भन्दा कडा कार्वाहीको माग गरेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org