ताजा समाचार

गौचनको हत्यापछि उपत्यकाबाट १८० जना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि प्रहरीले अहिले सम्म उपत्यकाबाट १८० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट गरी प्रहरीले शंंकापस्द व्यक्तिलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ ।

महासंघका अध्यक्ष गौचनको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेपछि प्रहरीले उपत्यका भित्रिने नाका शिल गरी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले काठमाडौंबाट १ सय ५३ जना, ललितपुरबाट २४ जना र भक्तपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकालाई आवश्यक सोधपुछ भइरहेको कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले जानकारी दिए । प्रहरीले राजधानीबाट नै सोमबार दिउँसो हतियारसहित छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप तामाङलाई पक्राउ गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org