ताजा समाचार

ट्रम्पका पत्नीहरुमध्ये को हो अमेरिकाको प्रथम महिला ? चल्यो यस्तो विवाद

एजेन्सी, २५ असोज । अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पकी पुर्वपत्नी ईवाना ट्रम्पले एबीसी न्युजको गुड मर्निङ अमेरिका कार्यक्रममा आफु नै प्रथम महिला भएको बताएकी छिन् । उक्त कार्यक्रममा बोल्दै उनले भनिन् म ट्रम्पकी पहिलो पत्नी हुँ, म नै प्रथम महिला हुँ ।

चेन गणराज्यकी पुर्वमोडल ईवानले ह्वाईट हाउससंग उनको सीधा सम्पर्क रहेको तर यसबाट कसैलाई जलन होस् भन्ने आफुले नचाहेको बताईन् । आफ्नो किताव रेसिङ ट्रम्प प्रकाशित हुन लागेकोमा त्यसको प्रचारमा लागेकी ईवान ट्रम्प उक्त कार्यक्रममा सहभागी भएकी थिईन् । कार्यक्रममा उनले कितावको चर्चा गरेकी र्थिइन् ।

ईवान र डोनाल्ड ट्रम्पको विवाह सन् १९७७ मा भएको थियो । उनीहरुबीचको सम्बन्ध सन् १९९० को दशकसम्म कायम थियो । यसबीच डोनाल्ड ट्रम्पको मार्ला मेपल्स नामकी एक महिलासंग अफेयर चलेपछि सन् १९९२ मा उनले सम्बन्धन विच्छेद गरेकी थिईन् । मार्लालेपछि डोनाल्ड ट्रम्पसंग विवाह पनि गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org