डाक्टरले कसरी गर्दछन् मृत घोषणा ?
चितवन, २५ असोज । मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् ।
मृत्यु भइसकेपछि पनि शरीरका अंग तन्किने र खुम्चिने हुँदा चलेको जस्तो भ्रम हुने गरेको चिकित्सक बताउँछन् । यसको ज्ञान सर्वसाधारणलाई नहुँदा समय समयमा मानिसको मृत्यु भइसकेपछि पनि यसले थप अप्रिय घटना सृजना गर्ने गर्छन् ।
भरतपुर अस्पतालका चिकित्सक डा वीरेन्द्र मण्डलकाअनुसार मृत्यु भएको केही समयपछि मांसपेशी कसिलो बन्दै जान्छ, जसका कारण कतिपयको दिसापिसाब निस्कने, शरीरका अंग तन्किने र खुम्चने गर्दछन् । जसकारण मृतकका आफन्तलाई अंग चलाएको र जीवित्तै रहेको भ्रम सिर्जना हुने गर्दछ ।
उहाँका अनुसार तापक्रमको आधारमा मृत्यु भएको समयदेखि ४८ घण्टासम्म मांसपेशी कसिलो बन्दै जान्छ भने त्यसपछि सड्न शुरु भएपछि पुनः खुकुलो बन्दै जाने गर्दछ । यस्तो अवस्थामा अंग चलेको भ्रम पैदा हुन सक्छ ।
अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले मानिसको मृत्युसँगै शरीरका सबै अंग निष्क्रिय भएर मांसपेशी शिथिल हुने बताउनुभयो । उहाँकाअनुसार मानिसको मृत्युपछि मुटुको धड्कन बन्द हुने, रगतको प्रवाह नहुने, श्वासप्रश्वास बन्द हुने भए पनि मृत्यु प्रमाणित गर्नका लागि भने इसिजी नै गर्नुपर्ने हुन्छ । इसिजि रिपोर्टमा सिधा रेखा आएसँगै मानिसको मृत्यु भएको प्रमाणित हुन्छ ।
कतिपय अवस्थामा छोटो समयका लागि जीवितका लक्षण गुम्ने र पुनःफर्किने गरेको पनि पाइन्छ । जसका लागि तत्कालै मृत्यु घोषणा नगरी चिकित्सकले विभिन्न उपायमार्फत् जीवित लक्षण खोजी गर्ने गर्दछन् ।
डा. मण्डलकाअनुसार भर्खरै जन्मिएका बच्चा, लामो समयसम्म तपस्या गरेका योगी, कोमामा गएका बिरामी लगायतको केही समय धड्कन नदेखिने, श्वासप्रश्वास रोकिने जस्ता जीवित नभएका लक्षण देखिने भए पनि पुनःपूर्ववत अवस्थामा आएर जीवितका लक्षण देखिएका केही उदाहरण भने भएको मण्डलले बताउनुभयो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीले अस्पतालमा आएका बिरामीको मृत्यु भएमा चिकित्सकले सबै खालका लक्षण हेरी इसिजि समेत गरेर प्रमाणित गरेर मात्रै मृत घोषणा गर्ने गर्दछन् । यद्यपि मृत्युपछि अंग चलेको देखिने भ्रमका कारण मृतकका आफन्त उत्तेजित हुने गरेको उहाँले बताउनुभयो । सबैमा मृत्युपछि हुने प्रक्रियाका बारेमा ज्ञान नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । रासस
Comments
अरु समाचार
-
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
काठमााडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा...
-
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...
-
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा...
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना,...
-
कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन्। आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी...
-
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली...
-
बाढीपहिरो र डुबानमा १०० जनाको मृत्यु, ६७ जना बेपत्ता
काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा...
-
बाढी-पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ९९ पुग्यो, ७२ बेपत्ता
काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार...
-
टी-२० आई सिरिज: पहिलो खेलमा क्यानडाले नेपाललाई १४ रनले हरायो
काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य...