ताजा समाचार

गौचन हत्यामा संलग्नको स्केच तयार, मोटरसाइकलको नम्बर र रङ पहिचान

काठमाडौं, २६ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको तेस्रो दिनसम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन् । सोमबार दिउँसोनै अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका गौचनका हत्यारा अझै पक्राउ पर्न सकेका छैनन् । घटनाको छानविन गर्न प्रहरीले डिआइजी गणेश केसीको संयोजकत्वमा उच्चस्तरिय समिति समेत गठन गरेको छ । समितिले आफ्नो छानबिनको कार्य गरिरहेको छ ।

अहिले सम्म हत्याराको को हो भन्ने एकिन पत्ता नलागेपनि घटनामा संलग्न केही व्यक्तिको पहिचान गर्ने काम भइरहेको डिआइजी केसीले बताए । उनले भने, ‘अनुसन्धान सकारात्मक रुपमा अगाडि बढेको छ। केही समयमा नै अपराधी सार्वजनिक र्ने प्रहरी सफल हुन्छ।’

गौचनको हत्यामा प्रयोग भएको मोटरसाइकलको नम्बर पहिचान गर्न सफल भएको केसीले जानकारी दिए । सोमबार दिउँसो गौचनलाई गोली हान्न दुई युवकले रातो रंगको पल्सर मोटरसाइकल प्रयोग गरेको अनुन्धानमा देखिएको प्रहरी अधिकारीको भनाई छ ।

घटनास्थलभन्दा करिब २ सय मिटर नै पर मोटरसाइकल रोकी गोली हानी उनीहरु पैदलै मोटरसाइकल भएको स्थानसम्म पुगी मोटरसाइकल चढी भागेका थिए। प्रहरीले बाइकको नम्बर प्लेटको आधारमा मोटरसाइकल धनीको खोजी गरिरहेको छ । डिआइजी केसीले भने, ‘मोटरसाइकल पत्ता लागे पनि सही धनी को हो भन्ने खोज्दैछौं। बाइक चोरीको र नम्बर प्लेट पनि नक्कली राखेको हुन सक्ने हुनाले त्यो कोणबाट पनि अनुसन्धान भइरहेको छ।’

गत पुस ४ गते मनोज पुन समूहले रुपन्देही युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग गरेको बा ५१ प ८०७३ नम्वरको रातो १५० सिसीको पल्सर बाइक चोरीको र नक्कली नम्बर प्लेट भएको फेला पारेको थियो। प्रत्यक्षदर्शीको बयानको आधारमा प्रहरीले केही मानिसको स्केच पनि तयार पारेको छ। डिआइजी केसीले भने, ‘केही व्यक्तिको स्केच तयार पारेका छौं।’

स्केचको आधारमा थप अनुसन्धान गर्न सहयोग पुग्ने उनले बताए। आर्थिक लेनदेनकै कारण हत्या भएको हुनसक्ने कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। छानविन अन्तिम चरणको पुगेको भन्दै डिआइजी केसीले हत्यारा चाँडोभन्दा चाँडो पत्ता लाग्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org