ताजा समाचार

सरकारसँग वार्ता गर्न डा. केसीद्धारा ५१ सदस्यीय वार्ता टोली गठन

काठमाडौं, २६ असोज । डा. गोविन्द केसीले सरकारसँग वार्ता गर्न ५१ सदस्यीय वार्ता टोली गठन गरेका छन् । चिकित्सा शिक्षा सुधार बेथिति र नीतिगत भ्रस्टाचार अन्त्यका लागि भन्दै १३ औं पटक आमरण अनसन बसिरहेका डा. केसीले सरकारसँग वार्ता गर्न टोली गठन गरेका हुन् ।

केसीसँग बार्ता गर्नका लागि सरकारले सचिव स्तरीय तीन सदस्यीय वार्ता टोली गठन गरेपछि डा. केसीले पनि ५१ सदस्यीय बार्ता टोली गठन गरेका हुन् । पहिलो चरणमा ५१ सदस्यीय बार्ता टोली गठन गरिएपनि यसपछि ७५ जिल्लाकै प्रतिनिधित्व हुने गरी बार्ता टोलीको विस्तार गरिने समेत विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

केसीको आन्दोलनमा समर्थन गर्ने देशभरीका समर्थकहरुको प्रतिनिधित्व गराउनका लागि बार्ता टोलीमा ७५ जिल्लाकै प्रतिनिधित्व गराउन लागिएको विज्ञप्तिमा उल्लेख छ । केसीले १२ पटकसम्म सम्झौता गरेर झुक्काउने नेपाल सरकारको नियत आम सर्वसाधारण नागरिकको हितमा नभएको भन्दै सबैलाई आफ्नो आन्दोलनमा साथ दिन आव्हान समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org