ताजा समाचार

आ-आफ्नो स्वार्थको लागि विदेशीको नेपालमाथि नजरः चुनाव सार्न अमेरिका र भारतको दवाव

काठमाडौं, २७ असोज । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सार्नको लागि विदेशी शक्ति सक्रिय भएर लागेको पाईएको छ । चुनाव रोक्न विशेषगरी भारत तथा अमेरिका सक्रिय भएर लागिरहेका हुन् । उनीहरुले आफ्नो राजदूत मार्फत नेपालको चुनाव तोकिएकै मितिमा सम्पन्न नगर्न नगराउन दबाब दिईरहेका नेताहरुले बताएका छन् ।

चुनावको मुखमा तीन प्रमुख दलले बामगठबन्धन बनाएपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि चलखेल गर्न विदेशीहरु निकै सक्रिय भएका हुन् । अहिले दुई छिमेकी देश भारत र चीन तथा अमेरिकाको नेपालस्थित दूतावासले अहिले निकै सक्रियता बढाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले आसन्न निर्वाचन प्रभावित हुन्छ कि भन्ने चिनियाँ चासो देखिएको छ भने भारत र अमेरिका चुनाव सार्ने लविङमा लागेका छन् । निर्वाचनका लागि बन्दसूचि पेश गर्ने समय असोज २९ को लागि तोकिएको छ । त्यसकारण अबका दुई दिन शक्ति केन्द्रहरुमा चलखेल थप बढ्ने सम्भावना छ ।

अमेरिकी र भारतीय अधिकारीहरुले जस जसलाई भेटेका छन्, उनीहरुका अनुसार ती दुई देश बामगठबन्धनप्रति असन्तुष्ट छन् र मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको चुनाव सार्ने पक्षमा छन् । विभिन्न स्रोतहरुबाट यस्ता भरपर्दा सूचनाहरु प्राप्त भएका छन्, यदि राजनीति त्यहीँ दिशातर्फ गयो भने चुनाव भाँडिन सक्छ ।

भारत र अमेरिकाको नेपालस्थित नियोगले प्रधानमन्त्री शेरबहादुर देउवामाथि चुनाव सार्न दवाव दिईरहेको स्रोतको भनाई छ । काँग्रेस निकट स्रोतका अनुसार भारतीय र अमेरिकी राजदूतले विभिन्न च्यानल मार्फत अहिलेको अबस्थामा चुनाव गरे त्यो लोकतन्त्र र काँग्रेसको भविष्यको लागि सुखद नहुँने भन्दै चुनाव सार्न दवाब दिएका हुन् ।

कतिपयले प्रधानमन्त्रीलाई असंवैधानिक कदम चालेर भएपनि चुनाव सार्ने वातवरण बनाउन सुझाव दिएको काँग्रेस निकट उच्चस्रोतको भनाई छ । बामगठबन्धन चिनियाँ निकट रहेको भन्दै अमेरिका र भारत असन्तुष्ट देखिएका छन् । भारतीय राजदूत पुरीले आइतवार प्रचण्डसँगको भेटमा गठबन्धनप्रति असन्तुष्टि जनाएको स्रोतको भनाई छ ।

भारत र अमेरिकारले नेपालको भूमिमार्फत तिब्वतमा अस्थिरता निम्ताउन खोजेको चिनियाँ भनाइ आएको छ । नेपालमा स्थिर सरकार भए तिब्बत मामलामा भारत र अमेरिकी चलखेल घटाउन सकिने चिनियाँ बुझाई छ । भने भारत र अमेरिकाको बुझाई पनि तिब्बतमाथि नजर लगाउन नेपाली भूमि सवैभन्दा उत्तम छ भन्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org