ताजा समाचार

भारतको बदमासीका कारण नेपाल प्रहरीको टोपीमा ‘मेरा भारत महान’

काठमाडौं, २७ असोज । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ। सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि यसलाई पत्याउनै पर्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), मेरो भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हामारा’ लेखिएका थुप्रै संकेत छन्। ती संकेत टोपीको भित्रपट्टि राखिएका छन्।

अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ। आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षैंदेखि प्रयोग गर्दै आएका छन्। उनीहरूलाई यसबारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले हो सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ।

संगठनको तल्लो तहका जवान मात्रै नभई अधिकृतले लगाउने टोपीमा समेत यस्ता चिह्न, नारा भेटिएको आजको नागरिक दैनिकमा खबर छ । एक प्रहरीले लगाएको टोपीमा भारतीय झण्डा र नारा लेखिएका स्टीकर पाइएको छ। पुरानो भएकाले भारतीय झण्डा भने स्पष्ट देखिँदैन। उनले लामो समयदेखि सो टोपी लगाउँदै आएको बताए।

केही समयअघि अर्का एक प्रहरी निरीक्षकको टोपीमा समेत यस्तै संकेत भेटिएको थिया। उनको टोपीको एकतार्फ ‘मेरा भारत महान’ लेखएको र अर्कोतर्फ भारतको राष्ट्रिय झण्डा भेटिएको थियो।

यस्तो स्टिकर भेटिएपछि उनले तत्काल च्यातेर फालेका थिए। प्रहरी संगठनले मातहतका सुरक्षाकर्मीका लागि टेण्डरमार्फत टोपीलगायत पोशाक खरिद गर्दै आएको छ। प्रहरीको पोशाक भारतीय कम्पनीले उत्पादन गरेको मध्येबाट भित्रिने गरेको स्रोतले जनाएको छ। भारतीय कम्पनीले जानाजान यस्तो बदमासी गरेको स्रोतको दाबी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org