ताजा समाचार

कमल थापा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यको लागि चुनाव लड्ने

मकवानपुर, २७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुरबाट उम्मेदवार सिफारिस भएका छन् । जिल्लाको क्षेत्र नम्बर १ बाट केन्द्रीय प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवारका लागि पार्टीबाट उनको नाम सर्वसम्मत सिफारिस भएको हो ।

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org