ताजा समाचार

वाम गठबन्धनका कारण माओवादी नेता लोकेन्द्र विष्टद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं, २७ असोज । वाम गठबन्धनलाई कारक तत्व मान्दै नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएका हुन् ।

माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अबको माओवादीले सपना पूरा गर्न नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेका हुन् । हिजोको क्रान्ति केका लागि थियो भन्ने जनताको प्रश्नको जवाफ पार्टीमै रहिरहेर दिन सक्ने अवस्था नभएको भन्दै उनले आफू सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेको बताए ।

नेता विष्टले अध्यक्ष प्रचण्डलाई संकेत गर्दै आजीवन कुर्चिमा बस्नु सह्य नभएको समेत बताए । उनले पार्टी भित्र मूल्याङकन र व्यवस्थापन हुन नसकेको, सत्ता राजनीतिको फोहोरी खेलले जनतामा बितृष्ण जगाएको, माओवादी विभाजन र एकताले आत्मिएता हराएको लगाएकोे आफू पार्टीमा बस्न नसकेको बताए ।

यस्तै पछिल्लो समय एमाले माओवादी लगायतका दलहरुबीच भएको गठबन्धनलाई आफ्नो पार्टी परितयागको सहायक कारण भएको विष्टले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org