ताजा समाचार

रुखबाट लडेर गम्भीर घाइते भएकी सुस्मा परियारलाई आर्थिक सहयोग जुट्दै

गोरखा, २७ असोज । रुखबाट लडेर गम्भीर घाइते भएकी शुस्मा परियारको लागि दलित एकता संजाल राष्ट्रिय समन्वय समिति मलेशियाले आर्थिक सहयोग गरेको छ । हाल वीर अस्पत्तालमा उपचार गराईरहेकी गोरखाको अजिरकोट गाउँपालिका २ बस्ने की १६ वर्षीया शुस्माको उपचारको लागि दलित एकता संजालले आर्थिक सहायता प्रदान गरेको हो ।

दलित एकता संजाल राष्ट्रिय समन्वय समिति मलेशियाले बीस हजार दुई सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । शुस्माले २०७२ बैशाखमा गएको भूकम्पका कारण आमाबुवा दुवै गुमाएकी थिईन् । शुस्माको उपचारार्थ आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । देश विदेशमा रहेका आफन्तजन शुभचिन्तहरुले उनको उपचारको लागि भन्दै आर्थिक सहयोग गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org