ताजा समाचार

प्रधानमन्त्री देउवाले आफुले बोल्ने भाषण ‘कस्ले लेखेको हो’ भनेर सोधेपछि…

काठमाडौं, २७ असोज । विभिन्न कारणले चर्चामा आईरहाने प्रधानमन्त्री शेरबहादुर देउवा फेरि चर्चामा आएका छन् । यसपटक देउवा आफुले बोल्ने भाषणका कारण चर्चामा आएका हुन् । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ६२ औं प्रहरी दिवसमा प्रधानमन्त्री देउवाले भाषण गर्नै लाग्दा भनेका कुराले सामाजिक सञ्जालमा चर्चा पाएको छ । देउवाले प्राय लेखेको भाषण बोल्ने गर्दछन् ।

यसपटक पनि देउवाले अरुले लेखेकै भाषण बोल्न खोजेका थिए । अरुले लेखेको भाषण बोल्दा पटक पटक विवादमा आएपछि यसपटक देउवाले भाषणको आधिकारिकता खोजेका छन् । नक्सालमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका देउवाले बोल्न मोडियमतर्फ जाँदा एक जनाले भाषण लेखेको पाना दिए । उनले पाना थमाउँदै भने यो भाषण कसले लेखेको ? देउवाले सोध्न त सुटुक्क सोधेका थिए तर माइकबाट घन्किएर सुनियो। केही गललल हाँसे।

प्रधानमन्त्री देउवाको नीजि सचिवालयले तयार पार्दछ । आजको भाषण देउवाले कार्यक्रममा आउनु अगाडि पढ्न पनि नभ्याएका रहेछन् । यसअघि उनी आउने गाडीमै सरसर्ती हेथ्र्ये । त्यसपछि प्रधानमन्त्रीले आफ्नो मतव्य पढ्थ्ये । तर यसपटक उनले गाडीमै पढ्न समेत नभ्याएका रहेछन् । त्यसपछि देउवाले कतिपय भाषण उनले पढेर दिए भने कतिपय नहेरी नै।

सम्बोधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आसान्न निर्वाचनमा सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी सक्षम रहने विश्वास व्यक्त गरे। देउवाको मन्तव्यमा गडवड भएको यो पहिलो घटना भने होइन। यसअघि पनि पटक पटक भाषणमा गडवड भईसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org