ताजा समाचार

प्रहरी हवल्दारको दर्ज्यानी चिन्ह आजदेखि काँधमा


काठमाडौं, २७ असोज । नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दारको दर्ज्यानी चिन्ह काँधमा लगाईएको छ । नेपाल प्रहरीको ६२ औं प्रहरी दिवशको अवसरमा आजदेखि पाखुरामा लगाईदैं आएको दर्ज्यानी चिन्ह काँधमा लगाईएको हो । आजबाट प्रहरी हवल्दार दर्जाले परिवर्तित दर्ज्यानी चिन्ह, तिन धर्के फित्ता आकार काँधमा लगाउनेछन् ।

पाखुरमा हुँदा केही असहज भएकाले काँधमा सारिएको प्रहरीको भनाइ छ । पहेँलो रंगको तीन धर्के भी आकारको दर्जान्यी चिन्ह प्रहरी हवल्दारले प्रयोग गर्दै आएका छन् । देशभर १३ हजार ६०० प्रहरी हवल्दारको दरबन्दी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org