ताजा समाचार

बाबुराम वाम गठवन्धनबाट बाहिरिए, आफ्नै चुनाव चिह्न आखा लिएर निर्वाचनमा सहभागी हुने

काठमाडौं, २७ असोज ।  नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ। गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले गठबन्धनबाट बाहिरिएको हो । नयाँ शक्तिले अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर निर्वाचनमा सहभागि हुने भएको छ ।

यसअघि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो । तर, शुक्रबार बसेको नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले आँखा चिह्न लिएर चुनाव लड्ने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।’

वाम गठवन्धनबाट बाहिरिँदै नयाँ शक्तिले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले अध्यक्ष डा. बाबुराम भट्टराई गोर्खा २ बाट, कृष्णकुमार चौधरी कैलाली ३ बाट र दानबहादुर चौधरी कपिलबस्तु १ बाट, प्रेम तामाङ रसुवाबाट र मदन राई खोटाङबाट चुनाव लड्ने निर्णय गरेको हो ।

नयाँ शक्तिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १५ सिट पाउनुपर्ने र अध्यक्ष बाबुराम भट्टराईलाई गोरखाका दुई मध्ये कुनै एक क्षेत्रमा टिकट दिनुपर्ने माग गरेपनि माओवादी र एमालेका नेताले त्यसो गर्न नसकिने बताएका थिए ।

१. डा. बाबुराम भट्टराई – गोरखा–२
२. कृष्णकुमार चौधरी – कैलाली–३
३. दानबहादुर चौधरी – कपिलबस्तु–१
४. प्रेम तामाङ – रसुवा
५. मदन राई – खोटाङ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org