ताजा समाचार

फोटो खिचाउन पोज दिँदै गरेकी युवतीको समुद्रमा खसेर मृत्यु

एजेन्सी, २७ असोज । फोटो खिचाउन पोज दिँदै गरेकी युवतीको समुद्रमा खसेर ज्यान गएको छ । इंग्ल्याण्डको इस्ट ससेक्सको ककमिअर ह्याभेनमा रहेको सेभेन सिस्टर्स क्लिफ्समा फोटो खिचाउन पोज दिँदै गर्दा समुद्रमा खसेर २३ वर्षकी दक्षिण कोरियन विद्यार्थी हेवोन किमको ज्यान गएको हो ।

किम जुन २२ मा त्यहाँ एक्लै घुम्न गएकी थिइन् । उनले त्यहाँ घुम्न आएका एक जना अपिरिचितलाई फोटो खिच्न लगाएकी थिइन् । फोटोका लागि पोज दिँदै गर्दा उनी पछाडि सर्दै थिइन् तर उनको खुट्टाको सन्तुलन गुमाउन पुगिन् र समुद्रमा खसिन् । इंग्ल्याण्डमा आफ्नो अंग्रेजी सुधार्नका लागि आएकी किमको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनी तस्बिर खिचाउने ध्यानमा थिइन् । दाँया बाँया हेरेकी थिइनन् । किमको आग्रहमा फोटो खिचिदिने २४ वर्षकी कोरियन युवती योङ चोइ भन्छिन् ‘म सेभन सिस्टर्स घुम्न गएकी थिएँ । एकजना अपरिचित कोरियन युवतीले मलाई फोटो खिचिदिन आग्रह गरिन् । म फोटो खिच्दै थिएँ, उनी खसिन् । हामीले आपतकालीन नम्बर ९९९ मा फोन गर्‍यौं त्यसपछि हामीले कोरियन दूतावासमा खबर गर्‍यौं ।’

source: dailymail.com

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org