ताजा समाचार

प्रहरीद्वारा ठुलो परिमाणमा पटकासहित एक जना पक्राउ

काठमाण्डौ, २७ असोज । प्रहरीले ठूलो परिमाणमा पटका सहित १ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले विक्रीवितरणका लागि गोदाम गरी राखिएको ठूलो परिमाणको पटका सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं ५ हाँडिगाउँ स्थित भारतीय नागरिक राजकिशोर यादवले सन्चालन गरेको किराना पसलको गोदाममा ६ बोरा र २ वटा कार्टुनमा प्याकिङ्ग गरी राखिएको बिभिन्न प्रकारका पटकाहरुसहित यादवलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org