ताजा समाचार

के तपाइको स्तन क्यान्सर भएको छ ? नत्र यसरी पत्ता लगाउन सकिन्छ

काठमाडौं, २७ असोज । स्तन क्यान्सरे महिलाहरूको ज्यान लिने प्रमुख रोग हो । क्यान्सरको सुरुवाती अवस्थामा हेलचेक्रयाइँ गर्दा स्तन क्यान्सरले ज्यान लिन सक्छ । सामान्य विचार नपुर्‍याउँदा र वेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कैयौँ महिलाले अकालमै ज्यान गुमाउनुपरेको छ । स्तनमा भएका कोष/कोषिकाहरूमा असामान्य, अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

पहिलो स्टेजमै स्तन क्यान्सर थाहा भयो भने यो रोग निको हुन सक्छ । तर, क्यान्सर लागेको थाहा भएन भने यसले ज्यान पनि लिन सक्छ । बदलिँदो जीवनशैली, अस्वस्थकर जीवनयापनको कारणले स्तन क्यान्सरको प्रकोप बढिरहेको छ ।

यसरी गर्न सकिन्छ स्तनको परीक्षण
-स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्लाहरू छन् कि छैनन् भन्ने कुराको जानकारी महिलाहरू आफैँ स्तन छामेर        पत्ता लगाउन सक्छन् ।

-नियमित रूपमा आफैँले राम्ररी हेरेर तथा छामेरसमेत स्तनमा भएका गिर्खा थाहा पाउन सक्छन् ।
-दाहिने स्तनको परीक्षण देब्रे हातले र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्दछ ।
-स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐनाअगाडि स्तन देखिने गरी परीक्षण गर्नु उपयुक्त हुन्छ । -स्तनको वरिपरि र काखीमुनि गिर्खाहरू भए/नभएको छामेर हेर्नुपर्दछ ।

लक्षण
-स्तनमा गाँठागुठी आउनु ।
-स्तनको टुप्पो रातो हुनु वा त्यसबाट पिपजस्तो पदार्थ बग्नु ।
-स्तन सुन्निनु तथा थिच्दा दुख्नु ।
-स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा र अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
-स्तन वा स्तनको मुन्टोको आकार परिवर्तन हुनु । जस्तै– रातोपना, चाउरिएजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर -फर्किएको, मुन्टोवरिपरिको छालामा कत्ला निस्कनु वा सुन्निनु ।
-स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै– रातो, सफा वा पहेँलो, पिपजस्तो आउनु ।
-स्तनको मुन्टो दुख्नु, स्तनमा निको नहुने घाउ हुनु ।
-गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org