ताजा समाचार

फोटो खिच्न, चियापान गर्न र सांसदलाई बाटो खर्च दिन आज संसदको अन्तिम बैठक बस्दै

काठमाडौं, २८ असोज । सविधानसभाबाट रुपान्तरित संसदको अन्तिम बैठक आज बस्दैछ । शनिबार मध्यरातदेखि अवधि समाप्त हुने संसदको शुक्रबारको बैठकलाई नै अन्तिम बनाउने भनिएपनि शनिबार सबै दलका शीर्ष नेताले सम्बोधन गर्नेगरी बैठक दिउँसो तीन बजे बस्न लागेको हो ।

आजको बैठकमा फोटो खिच्ने, चियापान गर्ने र सांसदलाई बाटो खर्च पनि उपलब्ध गराइने संसद सचिवालयले जनाएको छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि तत्कालिन संविधानसभालाई नै संसदमा रूपान्तरण गरिएको थियो । प्रतिनिधि सभा चुनावको मनोनयनको अघिल्लो दिन संसदको अवधि स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसदको आयु आज मध्यरातदेखि सकिँदैछ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउन आइतबारसम्मको समय तोकेको छ । संसदले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण धेरै विधेयक पारित गरेपनि राष्ट्रियसभा गठन सम्बन्धी विधेयक र चिकित्सा शिक्षा विधेयक लगायत महत्वपूर्ण विधेयक पारित गर्न सकेन ।

राष्ट्रियसभा गठनमा बहुमतीय कि एक संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषय दलहरुबिच सहमति जुट्न नसक्दा विधेयक पारित हुन नसकेको हो । त्यस्तै दलहरुबिचकै विवादका कारण चिकित्सा शिक्षा विधेयक पनि अलपत्र परेको हो । सहमति नभएकाले अब सरकारले अध्यायदेश मार्फत विधेयक ल्याउनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org