ताजा समाचार

वीरगञ्जमा करेन्ट लागेर सासु-बुहारीको मृत्यु

वीरगञ्ज, २९ असोज । वीरगञ्जमा करेन्ट लागेर दुई महिलाको ज्यान गएको छ । वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवामा आइतबार बिहान करेन्ट लागेर ६० वर्षीया कान्ति देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको ज्यान गएको हो ।

घर सरसफाई गर्ने क्रममा आइतबार बिहान ८ बजे कान्ति देबी पानी लिन चापाकलमा जाँदा सोमा जडान भएको पानी तान्ने मोटरमा अचानक करेन्ट प्रबाह हुदा उनी घटनास्थलमै भुँइमा लडेकी थिईन । उनी भुइँमा लडेको देखेपछि उठाउन जादा जागो देवीलाई पनि करेन्ट लागेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org