ताजा समाचार

मध्यरातमा भएपनि दलले बुझाए समानुपातिकतर्फको उम्मेदवारको सूची, यी दलले किन बुझाएनन् ?

काठमाडौं, ३० असोज । आगामि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि ४९ दलले मात्र समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाएका छन् । ५५ दलले टोकन लिएकोमा ४९ दलले मात्रै निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको मनोनयन सूचि दर्ता गराएका हुन् ।

आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन सूचि बुझाउने समय तोकिए पनि दलहरुले आन्तरिक तयारी पूरा गर्न नसक्दा उनीहरुले मध्यरातसम्म आयोगमै बसेर सूचि बुझाएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

बेलैमा तयारी नगर्दा दलहरुले आइतबार हतारहतार उम्मेदवारको सूचि बुझाएका हुन् । आइतबार बुझाएको सूचिमा दलहरुले संशोधन गर्न पाउनेछन् । नाम संशोधनको लागि आयोगले आउँदो ६ गतेदेखि १२ गतेसम्मको समय छुट्याएको छ । समानुपातिक उम्मेदवारको अन्तिम सूचि कात्तिक १७ गते प्रकाशित हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा समानुपातिकतर्फ प्रदेशसभामा २ सय २० र प्रतिनिधिसभामा १ सय १० गरी ३ सय ३० जना निर्वाचित हुने व्यवस्था निर्वाचन कानुनमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org