ताजा समाचार

चाउचाउ फ्याक्ट्रीको मेसिनमा बेरियर एक मजदुरको ज्यान गयो

कपिलवस्तु, ३० असोज । कपिलवस्तुमा चाउचाउ फ्याक्ट्रीको मेसिनमा बेरिएर एक मजदुरको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका– ६ रामनगरको छेउमा रहेको क्यापिटल फुड प्रालिमा मेसिन सफा गर्ने क्रममा बेरिएर बेरियर थुमुहवा गाउँका १७ बषे सुरेश भुजको ज्यान गएको हो ।

सरसफाइ गर्ने क्रममा मसला बनाउने मेसिनको भित्रीभागले भुजलाई बेरेको थियो । स्थानियहरुले घटनाको विरोधमा फ्याक्ट्रीमा तोडफोड तथा प्रदर्शन गरी यातायात बन्द गराएका छन् । घटनामा अप्रेशटरको लापरबाही देखिएको र जानाजान गरिएको मजदुरहरुले आरोप लगाएका छन् । ‘सुरेशले मेशिन सफा गरीरहेको अप्रेटरलाई थाहा थियो, त्यही बेला मेशीन संचालन गर्नुले पनि अप्रेटरको दोष रहेको स्पष्ट देखिन्छ’ एक मजदुरले घटनाबारे जानकारी दिँदै भने ।

केही महिनाअघि मात्र संचालनमा आएको चााचाउ उत्पादन गर्ने सो उद्योगमा १ सय २० जना कामदारले काम गर्दै आएका छन् । घटनापछि सो उद्योगका मेनेजर कृष्ण बुढाथोकी, सुरक्षा गार्डसहित सबै कर्मचारीहरु फरार भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले चाउचाउ उद्योग बन्द गराएको छ ।

फरार भएकाहरुको खोजी कार्य भईरहेको प्रहरी उपरिक्षक भोजजंग शाले जानकारी दिए । मृतकका बुवा रामेश्वरले उद्योगको लापरबाहीले गर्दा छोराको ज्यान गएको भन्दै दोषीलाई तत्कालै कडा कारबाही हुनुपर्ने माग गरे । फोटोः सुरेस थापाको फेसबुकबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org