ताजा समाचार

गच्छादारले गुण्डा नाइके गणेश लामालाई प्रधानमन्त्री निवास बालुवाटार लगेपछि

काठमाडौं, ३० असोज । गुण्डा नाइके गणेश लामा प्रधानमन्त्री शेरबहादुर देउवासँग एउटै मञ्चमा देखिएका छन् । सोमबार बालुवाटारमा आयोजित कांग्रेस र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीचको पार्टी एकता घोषणासभामा गुण्डा नाइके लामा प्रधामन्त्रीसँगै देखिएका हुन् ।

उनी पार्टी एकता घोषणासभामा प्रधानमन्त्रीको पछिल्लो लहरमा एकै ड्यासमा देखिएका थिए । गुण्डा नाइके प्रधानमन्त्रीसँगै देखिएपनि सबैको ध्यान त्यसैतर्फ केन्द्रीत थियो । लामा पार्टी एकतासभामा नेपाल लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्यको हैसियतामा बालुवाटारमा पुगेका हुन् ।

नेता तथा ठेकेदाहरुले नै गुण्डा पालिरहेको आरोप लागिरहेका बेला एक अपराधिको ट्याग लागेका व्यक्ति देशकै प्रमुख प्रशासनिक केन्द्रमा प्रवेश गर्नुले के बताउँछ ? एक साता अघि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अज्ञात समूहले गोली हानी हत्या गरेपछि नाम चलेका गुण्डा नाइकेहरुले हत्याको जिम्मेवारी लिएका थिए ।

प्रहरीले उपत्यकामा सक्रिय रहेका केही गुण्डाहरुलाई इन्काउन्टरमा मारेको थियो । प्रहरी इन्काउन्टरपछि केही समय सिथिल बनेका गुण्डा नाइकेहरु फेरि सलबलायन थालेका छन् । प्रहरीले हतियारसहित उपत्यकामा गुण्डा देख्नेविक्तिकै सिधै इन्काउन्टर गर्ने बताउँदै आएको छ । त्यस कारण पनि गुण्डा नाइकेहरु राजनीतिक संरक्षण बलियो पार्दै गईरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org