ताजा समाचार

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहाललाई

काठमाडौं, ३० असोज । नेपाली सेनाका प्रवत्तामा सहायक रथी नैनराज दाहाल नियुक्त भएका छन् । सहायक रथी झंकरबहादुर कडायतले सम्हाल्दै आएको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी दाहालले सम्हालेका हुन् ।

सोमबार जंगी अड्डामा आयोजित एक समारोहमा कडायतले प्रवक्ताको जिम्मेवारी दाहाललाई हस्तान्तर गरेको नेपाली सेनाले जनाएको छ । सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org