ताजा समाचार

देउवाले विनाविभागीय बनाउँनुभन्दा पहिल्यै माओवादी केन्द्र सरकारबाट बाहिरियो

काठमाडौं, ३१ असोज । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्ने निर्णय गरेको हो । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए ।

माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो । तर, प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org