ताजा समाचार

रक्सी खाएर महिलामाथि दुर्व्यहार गर्ने एक प्रहरी हवल्दार पक्राउ

महोत्तरी, ३१ असोज । रक्सी खाएर महिलामाथि दुर्व्यहार गर्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । गएराति रक्सी खाएर महिलालाई दुर्व्यवहार गरेको भन्दै ईलाका प्रहरी कार्यालय ईटहर्वामा कार्यरत प्रहरी हवल्दार शम्भुप्रसाद यादव पक्राउ परेका हुन् ।

सोमबार राति ९ बजे महोत्तरीको मनरासिस्वा नगरपालिका–२ ईटहर्वाकी दुई महिलालाई द्र्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्रहरी हवल्दार यादवलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

यादवले घटना भएका बेला रक्सी खाए नखाएको जाँच गरी घटनाबारे थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाबारे थाहा पाएपछि स्थानीय बासिन्दाले मंगलबार बिहानैदेखि प्रहरी कार्यालय घेराउ गरेपछि प्रहरी नायव उपरीक्षकको टोलीले यादवलाई पक्राउ गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org