ताजा समाचार

डोटीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते

डोटी, ३१ असोज । डोटीमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । डोटीको गोगनपानीमा दुईवटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बैतडी दशरथचन्द नगरपालिकाकी ८० वर्षिया दौपदी भण्डारी र डडेल्धुरा पर्शुराम नगरपालिकाका १३ वर्षीय बिक्रम बोहराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी मधु पुडासैनीले जानकारी दिए ।

दुर्घटनामा १२ जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाईते ५ जनालाई उपचारको लागि धनगढी पठाइएको छ । महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस र डडेल्धुराबाट महेन्द्रनगर आउँदै गरेको गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ नम्बरको बस भिमदत्त राजमार्गको जोरायल गाउँपालिका-१ गोगनपानीमा ठोक्किएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org