ताजा समाचार

देउवाले अब माओवादी मन्त्रीलाई विनाविभागीय मन्त्री बनाउने, कमल थापालाई गृहमन्त्री

काठमाडौं, ३१ असोज । मंगलबार नेपाली राजनीतिमा यू टर्न हुने देखिएको थियो । माओवादी केन्द्रले सरकारबाट बाहिरिने बताएपछि राजनीतिमा एकाएक उतारचढाव आएको थियो । तर माओवादी तत्काल सरकारबाट नबाहिरिने भएपछि राजनीतिले नयाँ मोड लिएको छ ।

माओवादी केन्द्रले विपक्षीसँग साठगाँठ गरेपछि चिढिएको प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले माओवादीसँगको सम्बन्ध टुटाएको छ । सरकारमा रहेर विपक्षीसँग चुनावी तालमेल गर्ने देखि वाम एकता गर्ने सम्मको सहमति गरेपछि सत्ताको चाँबी सम्हालेको नेपाली काँग्रेस बिच्किएको हो ।

उसले लोकतान्त्रिक धारका पार्टीलाई एकत्रित गरेर लोकतान्त्रिक गठबन्धन बनाईरहेको छ । हुँदा हुँदै सरकारलेको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीलाई तह लगाउने एउटा मात्र उपाय देखे त्यो भनेको माओवादी मन्त्रीलाई बर्खास्त गर्ने । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक भेटेर, ‘तपाईको मन्त्रीहरु फिर्ता बोलाउने की म आफैं बर्खास्त गरुँ’ भन्दै आएका थिए ।

देउवाको जवाफ सुन्न नसकेका प्रचण्ड मन्त्री फिर्ता बोलाउने निर्णयमा पुगे । तर त्यो निर्णय केही घण्टा पनि टिकेन् र फलस्वरुप सरकारमै बस्ने निर्णय गरे । सरकार मंसिर १० र २१ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति सार्ने योजनामा रहेको निर्वाचन आयोगबाट गोप्य सूचना आएपछि माओवादी आफ्नो निर्णयबाट पछि हटेको हो । अब माओवादीका मन्त्रीहरु सरकारमै रहने र पार्टी प्रतिपक्षीसँग तालमेलमा जानेछ । सरकारबारे प्रचण्ड र देउवाबीच मंगलबार छलफल भएको छ ।

छलफल गर्न बालुवाटार पुगेका प्रचण्डलाई प्रधानमन्त्री देउवाले विनाविभागीय मन्त्री खाएर सरकारमा बस्न आग्रह गरेका छन् । देउवाले सरकारबाट बाहिरिदाँ आफुहरुलाई कुनै समस्या नहुने बताएका थिए । सरकारबाट नबाहिरिने भए विनाविभागीय मन्त्री खाएर सरकारमा बस्न आग्रह गरेका हुन् । देउवाको उक्त आग्रहपछि प्रचण्डले विनाविभागीय भएर सरकारमा बस्नुभन्दा बाहिरिनुनै बेश हुने बताएका थिए । तर निर्वाचन आयोगले सरकार चुनावको मिति सार्ने षडयन्त्रमा लागेको सूचना दिएपछि तत्काल नबाहिरिने निष्कर्षमा पुगेको हो । अब देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाएर कमल थापालाई गृहमन्त्री र विजय गच्छदारलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने मनसाय पुगेको देउवा स्रोतको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org