ताजा समाचार

मध्यरातमा सुुरुङ खनेर लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी

रौतहट, ३१ असोज । मौलापुर नगरपालिकामा एक चोरसमूहले गएराति सुुरुङ खनेर लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको छ । सोमबार मध्यरातमा चोरले सुुरुङ खनेर मौलापुुर नपा–१ मर्यादपुुर टोलस्थित छुुट्टाछुट्टै घरबाट नगद, गरगहना तथा अन्य सामान गरी रु छ लाख बराबरको सामान चोरी गरी लगेको पीडितले बताएका छन् ।

मौलापुुर नगरपालिका–१ का वडाध्यक्ष रामप्रवेश यादवका अनुुसार सोमबार राति १२ र १ बजेको बीचमा घरधनी सुतिरहेको अवस्थामा चोरले हृदयबैठा धोबी, महेन्द्र साह कानुु, रामाज्ञा यादव, भजुुराम महतो, राधेश्याम पटवा, सुुरुज तिवारीको घरमा सुुरुङ खनेर रु छ लाख बराबरको धनमाल लुुटी लगेका हुन् ।

चोरले धोबीको घरबाट नगद रु दुुई लाख, चाँदीको हँसुुली एक थान, चाँदीको गोँडाइ दुई थान, कानुुको घरबाट नगद रु ४० हजार, यादवको घरबाट नगद रु ५० हजार लुटी लगेको वडाध्यक्ष यादवले बताउनुभयो ।

त्यसैगरी, महतोको घरबाट नगद रु एकलाख ५० हजार, पटवाको घरबाट रु ६० हजार र तिवारीको घरबाट नगद रु एक लाख र एकथान लाभा कम्पनीको साधारण मोबाइल सिमसहित चोरेको वडाध्यक्ष यादवले जानकारी दिनुुभयो ।

पीडित भजुुरामले छोरीको विवाहपछि गौँना बिदागिरी (विदाई गर्ने) कामका लागि रकम जोडजाम गरेका थिए भने राधेश्यामले आगामी पूर्णिमामा मर्यादपुरमा लाग्ने मेलामा व्यापार गर्नका लागि सोमबार मात्रै बैंकबाट झिकेर ल्याएको पीडितले बताएका छन् ।

त्यसैगरी, काठमाडौंमा ठेक्कामा काम गरिरहेका सुुरुज तिवारीको छोरा हरिराम तिवारीले जग्गा खरिद गर्न दुुई दिनअघि मात्र पैसा लिएर घर आएका थिए । बाहिरबाट पैसा आएको घर मात्रै छानीछानी चोरी भएकाले चोर समूह नजिकैको हुनसक्ने पीडितले अनुुमान गरेका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org