ताजा समाचार

केटी जिस्काएको भन्दै राजधानीमा कल्याण गुरुङमाथि गोली प्रहार, यसरी भयो घटना


काठमाडौं, ५ कात्तिक । राजधानीको मैह्पीमा एकाबिहानै गोली चलेको छ । केटीको विषयमा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली लागेर गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ घाइते भएका छन् । उनको दाइने खुट्टको घुडा मुनि (पिडौला) मा गोली लागेको छ । आज बिहान साढे ४ बजेको समयमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न मूख्य अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर, काठमाडौंका प्रमुख रबिन्द्र धानुकले जानकारी दिए । स्कुटरमा गइरहेको बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

यसरी भएको थियो गोली काण्डः ठमेलको एक डिस्कोमा ती युवक (कल्याण गुरुङ) ले एकजना केटीलाई जिस्काएका थिए । स्कुटर लिएर ठमेलबाट निस्किएका गुरुङले केटी जिस्काएका थिए । केटी निस्काएका गुरुङलाई केटीका केटा साथीहरुले गाडिबाट स्कुटरलाई पिछा गरेका थिए । म्हैपी पुगेपछि स्कुटरलाई उक्त समुहले रोकेर गुरुङलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घाइते गुरुङको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था समान्य रहेको चिकित्सकले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org