ताजा समाचार

निर्वाचन आयोगको कडा निर्देशनः चुनाव चिह्नअंकित झोला, टि-सर्ट प्रयोग गर्न नपाईने

काठमाडौं, ५ कात्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा चुनाव चिह्नअंकित झोला, टि सर्ट प्रयोगलाई निषेध गरेको छ । निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण तथा प्रयोगलाई समेत निषेध गरेको हो ।

मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

७७ जिल्लाका जिल्ला निर्वाचन कार्यालयमा पत्र पठाएर निर्वाचन आयोगले आचारसंहिता बिपरित चुनाव चिहृन अंकित यस्ता सामाग्रीहरुको प्रयोगमा रोक लगाउन निर्देशन लिएको हो । आयोगको आदेश विपरित कार्य गरेको पाइएमा सम्बन्धित दल, ब्यक्ति तथा निकायलाई कारबाही गर्ने समे आयोगले प्रष्ट पारेको छ । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री व्यापक रूपमा उत्पादन तथा वितरण गर्न लागेको सूचना पाएपछि आयोगले यस्तो निर्णय लिएको प्रवक्ता ढकालको भनाई छ ।

आयोगले पठाएको पत्रमा भनिएको छ, ‘निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री प्रयोग गरेको पाइएमा जफत गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारबाही गरिने छ।’ यसअघिको निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधी कारबाही गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org