ताजा समाचार

जाजरकोटमा पूर्वगृहमन्त्री शक्ति बस्नेतविरुद्ध एमालेबाट बागी उम्मेदवारी

काठमाडौं, ५ कात्तिक । जाजरकोटमा पूर्वगृहमन्त्री शक्ति बस्नेतविरुद्ध बागी उम्मेदवारी परेको छ । वामपन्थी गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी नेता शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले वागी उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेको जित्ने निश्चित भएको ठाउँमा माओवादीलाई छाडेको भन्दै एमाले नेता शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । माओवादी नेता एवं पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेत जाजरकोटमा एमाले(माओवादीका साझा उम्मेदवार हुन् । तर, राप्रपाको महामन्त्री छाडेर एमालेमा प्रवेश गरेका शाहले यसपटक टिकट पाउने अपेक्षा गरेका थिए । तर एमालेले माओवादीलाई सघाएपछि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org